logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार एक अर्बको मात्रै

    नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार एक अर्बको मात्रै

    5.6K
    SHARES
    नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार एक अर्बको मात्रै

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ०.१५ अंकले मात्रै बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक अधिकतम १०१ अंकले बढेको थियो । तर उच्चतम अंकले बढेको दोस्रो दिनमा नै नेप्सेमा पुनः ब्रेक लाग्न पुगेको हो ।

    यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घट्दै ५०९.८५ अंकमा झरेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, अन्य र माइक्रोफाइनान्सको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

    ०.१५ अंकले मात्र बढेको बजारमा आज कारोबार रकम भने १ अर्बमा सीमित हुन पुगको छ । नेप्सेका अनुसार करिब साढे २३ लाख कित्ता सेयर बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ३४ करोड २२ लाख रुपैयाँको मात्र कारोबार भएको हो । अघिल्लो दिन १०१ अंकले बढेको बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, ३० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट