काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना भुक्तानी साझेदारहरु‘स्मार्ट च्वाइस टेक्नोलोजी’ र ‘ फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास बिक्रेतासँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ ।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु लाभान्वित हुने बताए । बैंकले देशभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times