logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • लाइसेन्सको नयाँ आवेदन बन्द

    लाइसेन्सको नयाँ आवेदन बन्द

    9.3K
    SHARES
    लाइसेन्सको नयाँ आवेदन बन्द

    काठमाडौं । आज (मंगलबार)देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ।



    यसअघि नै भरिएका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो।

    लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरुको चाप बढेको हो।

    ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट