images

लक्ष्मी हुण्डाईले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२२’ आयोजना गर्दै

  • चैत्र १ २०७८, मंगलवार

काठमाडौं । लक्ष्मी हुण्डाईले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२२’ आयोजना गर्ने भएको छ। नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्ष ‘हुण्डार्ई ओपन गल्फ टुर्नामेन्ट २०२२’को १०औं संस्करणको आयोजना गर्ने जनाएको छ।

सो टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा यही शनिबार (१९ मार्च, २०२२) मा हुने भएको छ। उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३र४ ह्यान्डिक्यापमा खेलिने छ। यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सले प्रतिस्पर्धा गर्नेछन्। यस टुर्नामेन्टमा ‘टाइटल विनर, फस्ट रनर अप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको), जुनियर विनर (१७ वर्ष उमेर मुनीको) हुन्डाइ ओनर्स क्याटागोरी विनर, लङगेस्ट ड्राइभ, क्लोसेट टु द पिन, मोस्ट ब्रिजेज क्याटागोरी’मा विजेता घोषित गरिने छ।

यसको साथै ‘होल इन वन’विजेतालाई उपहारस्वरूप एक थान हुण्डार्ई भेन्यु गाडी प्रदान गर्ने घोषणा गरिएको छ। हुण्डाईले विश्वभर नै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ। जस मध्ये ‘पीजीइ टुर’ को ‘टुर्नामेन्ट अफ द च्याम्पियन्स’ एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो।