images
images

नेप्सेमा १७.१५ अंकले ओरालो, सवा ३ अर्बको कारोबार

  • March 15, 2022
images
images

काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालो लागेको छ। आज बजार १७.१५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंकले घटेर ५०२.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटा समूहमा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.१६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.७२ प्रतिशतले बढेको आज म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशतको बढोत्तरी भएको छ।

images

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.५१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.६८ प्रतिशत, व्यापार समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा १.४४ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत र लगानी समूहमा ०.८२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा किनबेच भएका छन्।

यो नेपाल टेलिकमको सर्वाधिक ३४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड १४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, पाँचथर पावर कम्पनीको ७ करोड ९१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड २५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ५८ लाख रुपैयाँ र अप्पर तामाकोशीको ६ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ। आज नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।