logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

    भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

    7.9K
    SHARES
    भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

    काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ । इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो ।‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।

    त्यस्तै, कार्यक्रममा इन्स्योरेन्सका प्रमुख खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी अपरिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने बताए । साथै, कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहालले बीमाको अपरिहार्यताको बारेमा बोल्दै बीमा गर्ने समयमा पर्याप्त छलफल गर्न सकेमा पछि दाबीको अवस्थामा समस्या नहुने बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved