logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै

    एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै

    6.2K
    SHARES
    एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै

    काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ।

    ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरण पूरारअपडेट गर्न सक्दछन्। एनएमबि बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गरिरहेको जनाएको छ।

    ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जानकारी दिएको छ। हालको परिवेशमा यस प्रकारको सेवाले ग्राहकहरूका लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा पाउनेछन्। बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्ने जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved