logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • अध्यापन अनुमतिपत्रको परीक्षाका लागि शिक्षक सेवा आयोगले थाल्यो यस्तो तयारी

    अध्यापन अनुमतिपत्रको परीक्षाका लागि शिक्षक सेवा आयोगले थाल्यो यस्तो तयारी

    41.9K
    SHARES
    अध्यापन अनुमतिपत्रको परीक्षाका लागि शिक्षक सेवा आयोगले थाल्यो यस्तो तयारी

    काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि अध्यापन अनुमतिपत्रको परीक्षाको तयारी थालेको छ । आयोगले अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने र त्यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ । पाठ्यक्रम स्वीकृत भएपछि सो लागू हुनेछ ।

    यसअघि आयोगले एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । आयोग विशेष सूत्रले दिएको सूचनाअनुसार पाठ्यक्रम समिति गठन गरिएको छ र समितिले पाठ्यक्रम संशोधनको अन्तिम चरणमा काम गरिरहेको छ । “लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णयअनुरुप पाठ्यक्रम संशोधन गर्न लागेका हौँ” आयोग सूत्रले भने, “वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक हुनुका साथै उत्तरपुस्तिका परीक्षणमा समेत सहज हुनेछ ।”

    सूत्रका अनुसार परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । यसर्थ एउटा प्रश्नको भार दुई अङ्कको हुनेछ । गलत उत्तर दिएमा प्राप्ताङ्क घटाउने अर्थात् नेगेटिभ मार्किङ गर्ने प्रावधानलाई पाठ्यक्रममा समावेश गरिने भएको छ । ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ । जसले गर्दा नतिजा प्रकाशनमा निकै कम समय लाग्नेछ । उत्तरपुस्तिका परीक्षण गर्न विशेषज्ञलाइ दिइरहनुपर्दैन । यसले गर्दा उत्तरपुस्तिका परीक्षणमा हुँदै आएको लाखौँ रूपियाँ खर्च समेत बचत हुनेछ ।

    आयोगले वार्षिक कार्यतालिकामा चैत महिनामा अध्यापन अनुमतिपत्रका लागि विज्ञापन गर्ने उल्लेख गरेको थियो । आयोगले विज्ञापन सार्वजनिक गर्नुअघि पाठ्यक्रम प्रतिक्षा गरिरहेको बुझिएको छ । सामान्यतया नयाँ पाठ्यक्रम लागू भएको मितिले तीन महिनापछिमात्र परीक्षा सञ्चालन गर्न पाइने व्यवस्था छ । चैतमा विज्ञापन आह्वान भएमा आगामी असारमा परीक्षा सञ्चालन हुनेछ । आयोगले खुला प्रतियोगितामार्फत चैत १५ गते माध्यमिक तृतीय श्रेणी, चैत १७ गते निम्न माध्यमिक तृतीय श्रेणी र चैत १९ गते प्राथमिक तृतीय श्रेणीको परीक्षा सञ्चालन गर्दैछ । त्यस्तै चैत २१ गते तीन वटै तहको आन्तरिक प्रतियोगितात्मक बढुवा ९२५ प्रतिशत०को परीक्षा सञ्चालन गर्दैछ ।


    अर्थ चाैतारी
  • बुधबार, २ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved