logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • बजेट २०७९/८०: अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका यस्ता सुझाव

    बजेट २०७९/८०: अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका यस्ता सुझाव

    5.8K
    SHARES
    बजेट २०७९/८०: अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका यस्ता सुझाव

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट छलफल थालेको अर्थ मन्त्रालयलाई दुग्ध व्यवसायीहरूले ११ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र मन्त्रालयका अधिकारीहरूलाई नेपाल डेरी एशोसिएसनले दुग्ध क्षेत्र विकास निम्ति विभिन्न सुझाव दिएको हो ।

    केही वर्ष अघिसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको दुग्ध तथा दुग्धजन्य पदार्थ आयात हुने गरेकोमा डेरी उद्योगमा निजी क्षेत्रले लगानी बढाएपछि आयात करिब १ अर्ब रुपैयाँमै खुम्चिएको व्यवसायीले दाबी गरेका छन् । तर, भुकम्प र कोरोना महामारीका कारण दुध उत्पादन घटिरहेको उनीहरूले जानकारी गराएका छन् ।

    दुध उत्पादन बढाउनका लागि अब लागत घटाउनुपर्ने, दुग्ध क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विकासलाई क्रियाशील बनाउन बजेट छुट्याउन व्यवसायीहरूले सुझाव दिएका छन् । यामअनुसार दुध उत्पादनमा विविधता ९कात्तिकदेखि फागुनसम्म बढी र चैतदेखि आश्विनसम्म दुध अपुग० हुने गर्छ । बढी भएको दुधलाई धुलो बनाएर र लामो समयसम्म उपभोग गर्न मिल्ने दुग्धपदार्थ बनाएर राख्ने तथा दुध कम भएको बेला प्रयोग गर्ने गरिएको व्यवसायीहरूको भनाइ छ ।

    यसका लागि उद्योगमा चालू पूँजी कम हुँदा ठूलो समस्या हुने गरेको व्यवसायीहरूले जानकारी गराएका छन् । धुलो दुध बनाउँदा प्रति किलोग्राम १६र२१ रुपैयाँसम्म नोक्सानी हुने गरेकोले त्यसको लागि अनुदानको व्यवस्था गर्नुपर्ने, स्वदेशी उद्योगलाई विदेशी आयातित सामानसँग प्रतिस्पर्धा गर्न सहुलियत दरमा सहज रुपले कर्जा लगानी गर्ने व्यवस्था गर्न पनि व्यवसायीहरूले सुझाएका छन् ।

    यस्ता छन् व्यवसायीका ११ सुझावः

     


    अर्थ चाैतारी
  • २०७८ चैत्र २, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट