logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • बजाजको नयाँ वर्ष योजना ‘पाँचको पञ्च’, बाइक किन्दा १० लाखसम्म जित्ने मौका

    बजाजको नयाँ वर्ष योजना ‘पाँचको पञ्च’, बाइक किन्दा १० लाखसम्म जित्ने मौका

    8.2K
    SHARES
    बजाजको नयाँ वर्ष योजना ‘पाँचको पञ्च’, बाइक किन्दा १० लाखसम्म जित्ने मौका

    काठमाडौँ । बजाजको मोटरसाइकल खरिदमा पटक पटक उपहार पाउन सकिने भएको छ।

    नेपाली नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कम्पनीको अधिकृत बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी, बजाज अटोले ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको हो। यो योजनाअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइएको कम्पनीले जनाएको छ।

    यसरी पाइनेछ ५ पटक जित्ने मौकाः

    • -बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा १ हजार रुपैयाँको छुट पाउनका लागि योग्य भइनेछ ।
    • -यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ। यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ ।
    • -त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेबापतको, शोरुममा गएर बाइक रोजेबापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ।
    • – यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ।
    • – साथै बम्पर पुरस्कारस्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्नेछ ।

    समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामकरण पनि ‘बजाज पाँचको पञ्च’ भनेर गरिएको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved