logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

    फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

    8.6K
    SHARES
    फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

    काठमाडौँ । पछिल्लो समय रुचाइएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ।

    टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो। कुन स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन। कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, ‘पावर, लुक्स र परफर्मेन्समा जब्बर गाडी अऊँछ, जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडीप्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोनले कायम राख्नेछ।’

    कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ। उक्त इन्जिनले १४८ हर्सपावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३२० एनएम छ। ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ। पावर, लुक्स र परफर्मेन्सका कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र २, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट