काठमाडौँ । एनएमबी बैंकले भिडिओ केवाईसी, भिडिओ कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ।
एनएमबी बैंक नेपाली बैंकिङजगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो। ग्राहकहरूले एनएमबी बैंकमा भिडिओ कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन्। भिडिओ अकाउन्ट ओपनिङ्गको लागि ग्राहकले बैंकको वेबसाइट भीसीसीडटएनएमबीडटकमडटएनपीमा क्लिक गर्नुपर्ने हुन्छ।
‘एनएमबी बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ सेवा प्रदान गर्दछ। यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ।’
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times