logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

    बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

    6.4K
    SHARES
    बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

    काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ।

    उक्त सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ। उक्त कार्यक्रम सञ्चालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ सामग्री निर्माण गरी यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्घ रहेको छ।

    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा। शुभ नाथ महतोले हस्ताक्षर गरे। बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र २, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट