images
images

पछिल्लो २४ घण्टा ८२ जनामा सङ्क्रमण पुष्टि

  • चैत्र २ २०७८, बुधबार
images

काठमाडौं । देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१३ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५७४ पुगेको छ । यता, थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

images