काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट प्राप्त गर्न सकिने भएको छ ।
विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स इसेवा वालेटका देशभरी रहेका जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत पाइन्छ । त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत देशभर रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै इसेवाका प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ । साथै, विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ हजार रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times