logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • होलीमा एनसेलले ल्यायो सस्तो डेटा प्याक

    होलीमा एनसेलले ल्यायो सस्तो डेटा प्याक

    4.8K
    SHARES
    होलीमा एनसेलले ल्यायो सस्तो डेटा प्याक

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा नयाँ डेटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब करसहित रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकमा ७ दिन सम्म प्रति दिन १ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

    यी दुई दैनिक जीबी डेटा प्याकबाहेक ग्राहकहरूले पहिले कै मूल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले रु १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १।५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न पाउनेछन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए ।

    त्यस्तै रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी नयाँ तथा परिमार्जित प्याकहरू बुधबारबाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट