सिटिजन लाईफ इन्स्योरेन्सद्वारा एकै दिन १८०० विद्यार्थीलाई बिमा शिक्षा

  • चैत्र ३ २०७८, बिहीबार

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० विद्यार्थीलाई विद्यार्थी बीमा शिक्षा सञ्चालन गरेको छ । विद्यार्थीलाई दिर्घकालिन रुपमा जनशक्ति अभावलाई पुर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमाबारे उनीहरुलाई बिमाको सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो । पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु , २० घातक रोगमा ५० लाखसम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरु कम्पनीले सार्वजनिक गरेको छ । आर्थिक बर्षको माघसम्म आइपुग्दा १९ वटै कम्पनीमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ ।

images

images