logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि हुने

    कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि हुने

    11.7K
    SHARES
    कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी अघि बढाएको छ। परीक्षाको मिति तोक्न आज (शुक्रबार) बोर्डको बैठक बस्दै छ।

    बोर्डका अध्यक्ष डा।महाश्रम शर्माका अनुसार जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। ‘जेठ १८ गतेदेख परीक्षा सञ्चालन गर्ने हो कि भनेर छलफल भएको छ, तर आधिकारिक निर्णय भइसकेको छैन,’ शर्माले भने, ‘आज बस्ने बैठकबाट केही निर्णय होला।’

    सरकारले आगामी वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ। कक्षा १२ को परीक्षा निर्वाचनपछि गर्ने तयारी बोर्डले अघि बढाएको हो।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट