logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • यस्तो छ निमावि तहकाे लाइसेन्सको पाठ्यक्रम

    यस्तो छ निमावि तहकाे लाइसेन्सको पाठ्यक्रम

    59K
    SHARES
    यस्तो छ निमावि तहकाे लाइसेन्सको पाठ्यक्रम

    काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ। सय पूर्णाङ्क र ५० उत्तीर्णांकसहित ५० वटा वस्तुगत प्रश्न मात्र सोध्ने गरी पाठ्यक्रम सार्वजनिक गरेको हो।



    नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरूले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको आयोगले जनाएको छ। आयोगले नेपालको  शिक्षासँग सम्बन्धित विभिन्न विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसँग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको जनाएको छ।

    कुन कुन विषयलाई मानिन्छ आधार ?
    नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनतम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषय रहेका छन् ।

     


    अर्थ चाैतारी
  • शनिबार, ५ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट