logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • ३० चैत्रमा प्रभु इन्स्योरेन्सको एजीएम, १७ चैतदेखि बुक क्लोज हुने

    ३० चैत्रमा प्रभु इन्स्योरेन्सको एजीएम, १७ चैतदेखि बुक क्लोज हुने

    2.3K
    SHARES
    ३० चैत्रमा प्रभु इन्स्योरेन्सको एजीएम, १७ चैतदेखि बुक क्लोज हुने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो।

    सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश छन्।

    लाभांश र सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि वार्षिक साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved