logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    8.1K
    SHARES
    जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जसमा ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ३.६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६.८४ रुपैयाँ नगद लाभांश छन्।

    सभाले संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १० गते (चैत ११ गते शुक्रबार) सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट