images

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

  • March 18, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पश्चात शेयरमूलय समायोजन गरेको हो । समायोजन पश्चातबैंकको शेयरमूल्य ४८१ रुपैयाँ ०३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ५५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

images

यस्तै नेप्सेले एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस पश्चात शेयर शेयरमूलय समायोजन गरेको छ । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ७९९ रुपैयाँ ०९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।