logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • वोमी लघुवित्तद्धारा बोनश बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह

    वोमी लघुवित्तद्धारा बोनश बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह

    10.8K
    SHARES
    वोमी लघुवित्तद्धारा बोनश बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनश वितरण गर्ने निर्णय गरेको छ ।

    कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्मका कायम शेयरधनीहरुलाई उक्त बोनशमा लाग्ने कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि KCL-WOMI TAX COLLECTION 2077/78  खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्न आग्रह गरेको हो ।

    साथै, हालसम्म पनि शेयर शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनश खातामा पठाउने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved