logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउँदै छौँ: अर्थमन्त्री शर्मा

    कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउँदै छौँ: अर्थमन्त्री शर्मा

    7K
    SHARES
    कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउँदै छौँ: अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड-१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाएको बताएका छन् ।

    ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसका अवसरमा शुक्रबार उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको बताएका हुन् । बैंकको ब्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए ।

    ‘सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवर्द्धन गर्ने योजना छ,’ उनले भने । उनले युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यो क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरे ।

    ‘अहिले मुलुकमा तरलताको समस्या गम्भीर रूपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ,’ उनले भने । अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो ।

    सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटनस्थित देव भीमसेन मन्दिर पुनःनिर्माणमा आफूहरुले सरकारसँग एक पैसा नलिई सम्पन्न गर्न सफल भएको बताउँदै विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवर्द्धनका लागि पर्यटकको बसाइ लम्ब्याउन जरुरी भएको बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved