logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

    यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

    5.3K
    SHARES
    यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीबाट १६९ रनको लक्ष्य पाएको छ ।



    टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो । नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे । सोमपालले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेपछि यूएई ३५-४ को स्थितिमा पुगेको थियो ।

    तर रोहन मुस्ताफा र चुन्दनगापोइलले पाचौँ विकेटका लागि अर्सधतकीय साझेदारी गरे । उनीहरुबीच ७७ रनको साझेदारी भएको थियो ।मुस्ताफा र रिजवान दुवैले ४०/४० रन बनाए । माथिल्लोक्रमका मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए ।

    पहिलो विकेटका लागि १९ रनको साझेदारी गरेको यूएई त्यसपछि लगातार दबाबमा आएको थियो । सन्दीपले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए । सोमपालले ९ ओभरमा ३९ रन खर्चिँ चार विकेट लिए । करनले ७ ओभर ३ बलमा एक मेडन राख्दै १६ रन दिए । यसअघि पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो । विश्वकप लिग(२ मा ९ खेलबाट १० अंक जोडेको नेपाल सात टोली सहभागी टोलीमध्ये छैटौँ स्थानमा रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved