काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन चैत तेस्रो साता खुल्ने गरी २०७९ असारमा परीक्षा सञ्चालन गर्ने र असोजमा नतिजा सार्वजनिक गर्ने तयारी छ ।
अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट हुने जनाइएको छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।
हेर्नुहोस् आयोगको कार्यतालिका
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times