logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • बढ्यो वीरगञ्ज नाकाको व्यापार घाटा, साढे चार खर्बको आयात हुँदा ६६ अर्बको निर्यात

    बढ्यो वीरगञ्ज नाकाको व्यापार घाटा, साढे चार खर्बको आयात हुँदा ६६ अर्बको निर्यात

    6.1K
    SHARES
    बढ्यो वीरगञ्ज नाकाको व्यापार घाटा, साढे चार खर्बको आयात हुँदा ६६ अर्बको निर्यात

    काठमाडौं । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो।

    चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ। गत आवको सोही अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएको थियो। आयात बढेर वैदेशिक विनिमयमा दबाब परेपछि सरकारले आयातमा कडाइ गरेको छ। सो अवधिमा ४ खर्ब ६३ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात भने ६६ अर्ब रुपैयाँको मात्र भएको भन्सारको तथ्यांक छ। वीरगञ्ज नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ छन् ।

    नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको अधिकांश परिमाण यही नाकाबाट भित्रिन्छ । निकासीतर्फ प्रशोधित खानेतेल, जुस, कपडा, जुत्तालगायत वस्तु मुख्य रहेको छ । आयात र निर्यातको तुलना गर्दा यो नाकाको वैदेशिक व्यापारबाट मात्रै करीब ४ खर्ब रुपैयाँ व्यापार घाटा देखिन्छ । यो गत आवको समीक्षा अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो।


    अर्थ चाैतारी
  • आइतबार, ६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved