logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

    अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

    6.3K
    SHARES
    अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

    काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण ठेकेदारको भुक्तानी अब बैंकहरुले सिधै भारुमा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हालैमात्र विदेशी विनिमय कारोबारसम्बन्धी ‘एकीकृत परिपत्र–२०७८’ संशोधन गर्दैै लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण शुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि निर्माण कम्पनीलाई गरिने भूक्तानीको रकम सिधै भारुमा सटही गर्न पाउने गरी बैंकहरुलाई सुविधा प्रदान गरेको हो ।

    यस्तो सुविधा परामर्शदातारनिर्माणकर्ता ठेकेदाररआपूर्तिकर्तालाई दिनु पर्ने भुक्तानीको सटही सुविधा प्रदान गर्नुपर्दा विकासकर्ता कम्पनीबाट कार्यसम्पादन एकीन तथा लगानी बोर्डको कार्यालयबाट सिफारिस भई आएको आधारमा तोकिएका कागजातहरूको परीक्षण गरी वाणिज्य बैंकहरूले ठेक्का रकमको सीमा ननाघ्ने गरी सिधै भारतीय रुपैयाँको सटही सुविधा प्रदान गर्न सक्ने बैंकले जनाएको छ ।

    यसरी वाणिज्य बैंकले सटही सुविधा उपलब्ध गराउँदा सोको जानकारी लगानी बोर्डको कार्यालय र यस विभागलाई दिनुपर्नेछ । तर, यसरी ड्राफ्टरटी।टी। मार्फत् भारतीय परामर्शदातारनिर्माणकर्ता ठेकेदाररआपूर्तिकर्तालाई भारतमा भुक्तानी हुने गरी त्यस्तो सटही सुविधा उपलब्ध गराउँदा दफा १.११.१(क), (च), (क) र (ज) मा उल्लिखित रकमसम्बन्धी सीमा लागू नहुने बैंकले जनाएको छ । तर, परामर्शदातारनिर्माणकर्ता ठेकेदाररआपूर्तिकर्तासँग भएको करार–सम्झौताको रकमभित्र रहने गरी त्यस्तो सीमाप्रति बिल/बीजक भा.रु. २० करोडसम्म मात्र हुने बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट