काठमाडौँ । ग्लोकल प्रालिअन्तर्गतको ग्लोकल आफ्टर स्कुलले स्किल विकको तेस्रो संस्करण आयोजना गर्ने भएको छ। गत वर्षझैँ स्कुलले यस वर्ष पनि स्किल विक कार्यक्रमको नयाँ संस्करण ल्याउनलागेको जनाएको हो।
यसले रोजगारीको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राख्ने कम्पनीले जनाएको छ। स्किल विक नामक कार्यक्रम मार्च २१ देखि २७ सम्म सञ्चालन हुनेछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन्। सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्नेछन्।
कम्पनीले भनेको छ, ‘यो युवाहरुका लागि एक खुल्ला मन्च हो। सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाहरुले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सीपको महत्वका बारेमा जानकारी पाउनेछन्। स्किल विकले युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।’ स्किल विक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिने बताइएको छ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधि रहेका छन्।
कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरञ्जन छन्। २१ देखि २७ मार्चसम्मसम्म विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिनेछ। २६ मार्चमा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम एस इन्स्टिच्युट अफ मेनेजमेन्टमा सञ्चालन गरिनेछ। २७ मार्चमा समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक भव्य कार्यक्रम सञ्चालन गरिनेछ। सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सञ्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ व्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम् नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न सञ्चालन गरिन्छ।
यसको मुख्य नारा भनेको ‘टुडे मिट्स टुमरो’ रहेको छ। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना व्यक्तितत्वहरुलाई सीप पुरस्कारमार्फत सम्मानित गरिनेछ। सम्मानित हुने व्यक्तित्वहरुको सीप क्षेत्रको महत्वपूर्ण कार्यलाई प्रशंसा गर्दै कार्यक्रममा आउने विद्यार्थी एवं व्यापारजगतका व्यक्तिहरुलाई थप ऊर्जा तथा उत्साह प्राप्त हुनेछ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा सञ्चालन हुन गइरहेको हो। साथै रणनीतिक साझेदारका रूपमा बागमती प्रदेश, भारतीय राजदूतावास, दक्षता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीटीईभीटी, एफएनसीसीआई -स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा एस इन्स्टिच्युट अफ मेनेजमेन्ट इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क; आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स; साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट; मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस; र अन्य सहयोगीहरू डिश होम गो, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन्।
ग्लोकल आफ्टर स्कुल, (ग्लोकल प्रा.लि.को एक अङ्ग) शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो। विगत लामो समयदेखि युवा वर्गहरुको सीप विकास गर्न र आफ्नो रुचि भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ। ग्लोकलले एक अत्यन्त सकारात्मक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो। उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगारमूलक सीप सिकाउन यो कम्पनी उद्यत छ। यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ। गत वर्ष, सयौं युवाहरूले यस साझा प्लेटफर्ममा विभिन्न सीपमूलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनीय उपस्थिति जनाएका थिए। उनीहरुले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकन गरेका थिए।