images
images

आइएमई पेको उपहार विजेता घोषणा

  • चैत्र ६ २०७८, आईतवार
images

काठमाडौं । ‘आइएमई पे’ ले ल्याएको अफरको विजेता घोषणा गरिएको छ । धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका हुन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् ।

व्यवसाय प्रवर्द्धनमूखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको कम्पनीको भनाइ छ । उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,०००र– (रु. १,५०,००० प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

images