logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • प्रतितोला ३०० बढ्यो सुनको मूल्य

    प्रतितोला ३०० बढ्यो सुनको मूल्य

    7.5K
    SHARES
    प्रतितोला ३०० बढ्यो सुनको मूल्य

    काठमाडौं । आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ७, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट