logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • एनआईसी एशिया बैंकको एपबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

    एनआईसी एशिया बैंकको एपबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

    7K
    SHARES
    एनआईसी एशिया बैंकको एपबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ ।

    बैंकले चैत्र १ देखि वैशाख ३१ गतेसम्म लागू हुने गरी यस्तो योजना ल्याएको छ । देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिने छ । एनआईसी एसिया मोबैंक मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने छ । यो सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाउन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।

    यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एपभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved