logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ब्रोकर नं. ११ माथि ७५ हजार रुपैयाँ जरिवाना गर्ने सेबोनको निर्णय

    ब्रोकर नं. ११ माथि ७५ हजार रुपैयाँ जरिवाना गर्ने सेबोनको निर्णय

    1.8K
    SHARES
    ब्रोकर नं. ११ माथि ७५ हजार रुपैयाँ जरिवाना गर्ने सेबोनको निर्णय

    काठमाडाैं । लगानीकर्ताहरुले अहिले सञ्चालनमा भएका ब्रोकरहरुले दिने सेवासुविधाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। त्यसैले लगानीकर्ताका अगुवाहरुले ब्रोकर संख्या थप्नुका साथै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर समयसमयमा आन्दोलन गर्दै आएका छन्।

    यद्यपि ब्रोकरको सेवासुविधाबाट असन्तुष्टि लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा उजुरी दिएका उदाहरणहरु भने न्यून छन्। पछिल्लो समय लगानीकर्ताहरुले मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ (ब्रोकर नं. ११) विरुद्ध सेबोनमा उजुरी दिएका थिए। सेबोनले उजुरीमाथि अनुसन्धान अगाडि बढाएको थियो।

    उजुरीमा ब्रोकर नं. ११ ले धितोपत्र ऐन, २०६३ विपरीत लगानीकर्ताको अनुमति बिना नै उनीहरुको खातामा रहेको सेयर बिक्री गर्नुका साथै सेयर किनेको बक्यौता रकममा चर्को ब्याजदर असुलेको उल्लेख गरिएको छ। लगानीकर्ताहरुको उजुरी आएसँगै बोर्ड सुपरिवेक्षण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको अनुसन्धानबाट ब्रोकर नं। ११ दोषी ठहरिएसँगै धितोपत्र ऐन, २०६३ को दफा १०१ उपदफा ६ बमोजिम सेबोन सञ्चालक समितिले कारबाही गर्ने निर्णय गरेको हो।

    सेबोनका एक उच्चअधिकारीका अनुसार लगानीकर्ताहरुले सेबोनमा ब्रोकर नं. ११ ले लगानीकर्ताहरुसँग १८ प्रतिशतसम्म ब्याज असुलेको भनेर उजुरी दिएका थिए। ‘उक्त उजुरीका आधारमा सेबोनले अनुसन्धान गर्दा लगानीकर्ता र ब्रोकर नं। ११ बीच बक्यौता रकम कसरी तिर्ने विषयमा लिखित सम्झौता नभएको र भएका सम्झौतामा शुल्कबारे केही उल्लेख नभएको भेटियो’, ती अधिकारीले भने, ‘त्यसैले धितोपत्र ऐनविपरीत उक्त कार्य गरेको भेटिएकोले उक्त ब्रोकरलाई कारबाही गर्ने निर्णय गरिएको हो।

    ती अधिकारीका अनुसार कारबाही पत्र तयार भइसकेको छ। ‘पत्रमा ब्रोकर नं. ११ ले धितोपत्र ऐन, २०६३ विपरीत कार्य गरेकोले ७५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय उल्लेख गरिएको छ’, ती अधिकारीले भने, ‘बोर्डबाट निर्णयसहित जरिवाना भएको पत्र आजै ब्रोकरलाई पठाइनेछ।’


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट