logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो

    तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो

    6.1K
    SHARES
    तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो

    काठमाडौं । पछिल्लो हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पुनः ब्रेक लागेको छ । गत फागुन २७ गतेदेखि ३० गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेकोमा ३० गतेदेखि फागुन ४ गतेसम्ममा पुनः ५ अर्बले निक्षेप गुमेको हो ।

    नेपाल बैंकर्स संघकाअनुसार फागुन ३० गतेदेखि चैत ४ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले निक्षेप गुमाउँदै कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेका छन् । यसको मतलब चार दिनमा नै निक्षेपकर्ताहरुले बैंकहरुबाट ५ अर्ब रुपैयाँ निक्षेप झिकेका छन् ।

    लगानीयोग्य रकम (तरलता) कै अभावमा बैंकहरुले लगानीमा कडाई गर्दा यता समीक्षा अवधिमा कर्जा लगानी समेत घटेको छ । बैंकर्स संघकाअनुसार पछिल्लो चार दिनमा (फागुन ३० गतेदेखि चैत ४ गतेसम्म) २७ वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा लगानी घटाउँदै कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो हप्ता एक अर्बले घटाउँदै बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब लगानी गरेका थिए ।


    artha chautari
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट