काठमाडौं । सेयर बजारमा सोमबार सुधार देखिएको छ। बजार आज १८.०७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३४.६५ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले बढेर ४९६.३० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटामा मात्रै रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक २.९५ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.७३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, व्यापार समूहमा १.४ प्रतिशत, वित्त समूहमा २.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५५ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत, जीवन बीमा समूहमा १.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा १.०४ प्रतिशतको बढोत्तरी भएको छ। आज अन्य समूह सर्वाधिक १.९ प्रतिशतले ओरालो लागेको छ भने होटेल तथा पर्यटन समूहमा ०.४३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल टेलिकमको सर्वाधिक २० करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ९ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको ९ करोड ६ लाख रुपैयाँ, अपी पावरको ९ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४७ लाख रुपैयाँ, निफ्राको ६ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ९३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ५० लाख रुपैयाँ र माउन्टेन हाइड्रोको ५ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times