२०७९ सालमा ४४ दिन बैंक बन्द हुने

  • March 21, 2022

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको बैंक विदाको सूची सार्वजनिक गरेको छ । सनिबार बाहेक विभिन्न चाडपर्वका लागि ४४ दिन सार्वजनिक विदा हुने भएको छ।

यस्तै केन्द्रीय बैंकले दसैँको विदा ७ दिन हुने जनाएको छ। असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गतेसम्म विदा छ। यसैगरी तिहारमा ५ दिन विदा छ । यसबाहेक सरकारले सार्वजानिक विदा घोषणा गरेका दिनहरुमा पनि बैंक बन्द रहने छ।

images

वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ्ग कारोबार हुनेछ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि साँझ ३ बजेसम्म बै‌ंकिङ्ग कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

https://drive.google.com/file/d/1vbJkj_xsSZTnDwmP48TXTvuq3eKJfxFa/view