logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • ‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क, नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

    ‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क, नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

    6.5K
    SHARES
    ‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क, नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

    काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

    यो अफर प्रयोगकर्ताका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५० हजार र प्रतिदिन रु। १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरुमा ट्रान्सफर गर्न सक्नेछन्।

    यो अफर चैत ७ गते २०७८ देखि वैशाख ६ गते २०७९ गतेसम्म लागू हुनेछ। यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती सधैँ प्रयोगकर्ताका लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरुको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ।’

    ‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित भएको छ। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved