logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • महालक्ष्मी लाइफले सञ्चालन गरेका सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    महालक्ष्मी लाइफले सञ्चालन गरेका सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    7.5K
    SHARES
    महालक्ष्मी लाइफले सञ्चालन गरेका सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    काठमाडाैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा तालिम सम्पन्न गरेको हो ।

    कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखा/उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो । गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी गराएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन ।

     


    अर्थ चाैतारी
  • २०७८ चैत्र ७, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट