दुगड समूहबाट खोसियो रोयल इन्फिल्ड, अब नेपालमा आधिकारीक वितरक त्रिबेणी ग्रुप

  • March 21, 2022
images

काठमाडौं । दुगड समूह अन्तर्गतको विवेक अटोमोवाइलले विक्री गर्दै आएको रोयल इन्फिल्ड मोटरसाइकल त्रिबेणी ग्रुपले लिएको छ ।

उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, पर्यटन क्षेत्रमा लगानी गर्दै आएको त्रिबेणी ग्रुप अटोमोबाइल क्षेत्रमा पनि प्रवेश गरेको छ । अब रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरकको रुपमा नियुक्त भएको छ । नेपाली बजारमा बुलेट नामले चिनिने रोयल इन्फिल्ड मोटरसाइलक युवा वर्गको रोजाइमा पर्ने गरेको छ ।

images

हाल नेपालमा रोयल इन्फिल्ड क्लासिक ३५० नेपालमा मेटोर ३५०, हिमालयन र इन्टरसेप्टर मोडल विक्री हुँदै आएको छ । कम्पनीको टार्गेट अनुसार नेपालमा रोयल इन्फिल्ड मोटरसाइलक विक्री गर्न नसक्दा दुगड ग्रुपबाट रोयल इन्फिल्ड रोखिएको जनाइएको छ ।

images