logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आजदेखि आवेेदन खुल्याे

    ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आजदेखि आवेेदन खुल्याे

    6.9K
    SHARES
    ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आजदेखि आवेेदन खुल्याे

    काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका साधारण सेयर निष्कासन गरेको हो।



    निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ।सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।उक्त आईपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट