काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ। हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको छ। बोनसपश्चात् इन्स्योरेन्सको पूँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।