logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • १६ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

    १६ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

    6.5K
    SHARES
    १६ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ। बजार आज १६.०४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ३.०३ अंकले बढेर ४९९.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।



    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक १.८७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.३१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४० प्रतिशत, विकास बैंक समूहमा १.२१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६३ प्रतिशत, लगानी समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा ०.५२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.७० प्रतिशतको बढोत्तरी भएको छ। आज जलविद्युत समूह सर्वाधिक ०.४२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.३५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३५ कम्पनीका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक १५ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ८ करोड ६२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड १८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ८ करोड ५ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ३६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ७४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन कालिका पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved