logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • गणपति लघुवित्तको १९५ बोनस सेयर सेयरधनीको डिम्याट खातामा

    गणपति लघुवित्तको १९५ बोनस सेयर सेयरधनीको डिम्याट खातामा

    8.5K
    SHARES
    गणपति लघुवित्तको १९५ बोनस सेयर सेयरधनीको डिम्याट खातामा

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरिएको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।

    संस्थाको गत पुस १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गरेको १९ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। गत पुस ६ गतेसम्म कायम सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको संस्थाले जनाएको छ।

    उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि संस्थाले जनाएको छ। गत पुस ६ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ८, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट