logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • एनआरएनएलाई अर्थमन्त्रीको आग्रह- कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्नुस्

    एनआरएनएलाई अर्थमन्त्रीको आग्रह- कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्नुस्

    • artha chautari
    • मंगलबार, ८ चैत्र २०७८
    5.8K
    SHARES
    एनआरएनएलाई अर्थमन्त्रीको आग्रह- कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्नुस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

    आज एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् । उनले मुलुकको विकासका एनआरएनएको निकै ठूलो भूमिका भएको भन्दै नेपालमा बैंक खाता खोल्न सहज बनाइएकाले सबैलाई १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।

    मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्ब लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी पर्याप्त नरहेको शर्माले बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहेको उल्लेख गर्दै ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए ।


    artha chautari
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट