logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • राष्ट्रिय पुरुष फुटबल टोलीलाई एनएसजेएफ टिम अफ दि इयर अवार्ड

    राष्ट्रिय पुरुष फुटबल टोलीलाई एनएसजेएफ टिम अफ दि इयर अवार्ड

    4K
    SHARES
    राष्ट्रिय पुरुष फुटबल टोलीलाई एनएसजेएफ टिम अफ दि इयर अवार्ड

    काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एनएसजेएफ टिम अफ दि इयरबाट सम्मानित भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वितरण गरेको १८ औँ संस्करणको स्पोर्टस् अवार्डमा फुटबल टोलीले टिम अफ दि इयर अवार्ड पाएको हो।



    कोरोना भाइरसको संक्रमणको समयमा गत चैत्रमा घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपमा नेपालले उपाधि दिलाएको थियो। यस्तै कार्तिकमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।

    दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगे पनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन। सन् २०१८ मा भएको साफको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved