logo

२०८१ चैत्र ७ शुक्रबार

logo
  • शुक्रबार, ७ चैत्र २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयका लागि प्रतिक्षालय निर्माण

    महालक्ष्मी विकास बैंकद्वारा विद्यालयका लागि प्रतिक्षालय निर्माण

    8.1K
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा विद्यालयका लागि प्रतिक्षालय निर्माण

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकले प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको हो ।

    मंगलबार जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गर्दै बझाङ शाखा प्रमुख हेम बोहरालले विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घामपानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले प्रतिक्षालय निर्माण गरिदिएको बैंकले जानकारी दिएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले प्रतिक्षालय निर्माण गरिदिएकोमा बैंकलाई धन्यवाद दिए ।

    बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गरिरहेको बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved