logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो, ३ प्रतिशतभन्दा धेरै नाफा कमाउनेलाई पुनर्कर्जा नदिने

    पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो, ३ प्रतिशतभन्दा धेरै नाफा कमाउनेलाई पुनर्कर्जा नदिने

    6.4K
    SHARES
    पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो, ३ प्रतिशतभन्दा धेरै नाफा कमाउनेलाई पुनर्कर्जा नदिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो ।



    पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । त्यस्तै राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै पछिल्लो २ आर्थिक वर्षमा औसत ३ प्रतिशत भन्दा बढी रिटर्न अन इक्विटी हुन नहुने व्यवस्था गरेको छ। यसअघि २० प्रतिशतसम्म आरओई हुने कम्पनीले पुनर्कर्जाको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। संशोधनमार्फत् राष्ट्र बैंकले यसअघि पुनर्कर्जा सुविधा प्राप्त गरेका व्यवसायीलाई फेरि पुनर्कर्जा दिन समेत रोक लगाएको छ।

    सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा ब्याजदर वृद्धि गरिएको जनाएको हो । संशोधित ब्याजदर अनुसार अब सर्वसाधारण ऋणीले सहुलियतपूर्ण कर्जाको अधिकतम ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको थियो । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनर्कर्जामा ऋणीहरुले बैंकहरुलाई अधिकतम ७ प्रतिशत ब्याजदर तिर्नुपर्ने छ भने, सो कर्जामा बैंकहरुले राष्ट्र बैंकलाई ४ प्रतिशत तिर्नुपर्छ । अर्थात् यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग ४ प्रतिशतमा लिएर सेवाग्राही ऋणीहरुलाई अधिकतम ७ प्रतिशतमा लगानी गर्न सक्नेछन् ।

    तर, विशेष पुनर्कर्जामा भने बैंकहरुले २ प्रतिशतमा लिएर अधिकतम ५ प्रतिशतसम्ममा मात्र लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित निजी व्यवसायिक, उद्योग, कलकारखानासँगै विशेष प्रभावित होटल पर्यटन तथा ट्रेकिङ क्षेत्रको उत्थानका लागि विशेष पुनरकर्जाको व्यवस्था गरिएको थियो । हाल बजारमा तरलताको अभाव भएसँगै निक्षेपको ब्याजदर नै अधिकतम ११.०३ प्रतिशत पुगिसकेको अवस्थामा कर्जाको ब्याजदर औषतमा १४ प्रतिशत पुगिसकेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved