logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • नबिल बैंकको ‘वसन्ती प्रेरणादायी पात्र’ अभियान

    नबिल बैंकको ‘वसन्ती प्रेरणादायी पात्र’ अभियान

    7.3K
    SHARES
    नबिल बैंकको ‘वसन्ती प्रेरणादायी पात्र’ अभियान

    काठमाडौँ । एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ।

    वसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो। एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितको रुपमा होइन बहादुरी जीवनयापनको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन्। थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि वसन्ती ती पीडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छिन्।

    वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको जनाएको छ। यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामर्थ्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ। यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरुलाई उजागर गर्ने प्रयास गर्दैछ।

    यस अभियानको सुरुवात गर्न बैंकले वसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडिओ तयार गरेको छ। यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ। वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, सञ्चारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो।

    प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगतरवर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरुका लागि उपलब्ध चिकित्सा हेरचाहरसहयोग सम्बन्धी विषयमा छलफल भएको थियो। एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ।

    यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो। वसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता अपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ। यो सन्देशमूलक अभियान आगामी दिनमा पनि जारी रहने बै‌ंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved