logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • भारतमा बढ्यो पेट्रोलियम पदार्थको भाउ

    भारतमा बढ्यो पेट्रोलियम पदार्थको भाउ

    2.8K
    SHARES
    भारतमा बढ्यो पेट्रोलियम पदार्थको भाउ

    काठमाडौं । भारतमा साढे ४ महिनायता पहिलो पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ। सरकारी तेल कम्पनीहरुले मंगलबार प्रतिलिटर पेट्रोल र डिजेलको भाउ ८० पैसा बढाएका छन्।

    पछिल्लो मूल्य वृद्धिसँगै दिल्लीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ २१ पैसा कायम भएको छ। डिजेलको भाउ पनि प्रतिलिटर ८६ रुपैयाँ ६७ पैसाबाट बढेर ८७ रुपैयाँ ४७ पैसा भएको छ। १३७ दिनसम्म मूल्य संशोधन रोक्का गरेपछि मंगलबार भाउ बढाइएको हो।

    उत्तर प्रदेश र पञ्जाबलगायत राज्यहरुमा विधानसभाको चुनावका कारण नोभेम्बर ४ यता पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन रोकिएको थियो। फेब्रअरी २६ मा युक्रेनमाथि रुसले हमला गरेयता अन्तरराष्ट्रि बजारमा कच्चा तेलको भाउ १४ वर्षयताकै उच्च स्तरमा उक्लिएको थियो। त्यसैगरी एलपीजी सिलिन्डरको मूल्य पनि प्रतिगोटा ५० रुपैयाँ बढाइएको छ। यो सन् २०२१ को अक्टोबर ६ यता गरिएको पहिलो मूल्य वृद्धि हो।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ९, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट