logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • अटोबजारलाई चलाएमान बनाउन कम्पनीहरुले ल्याउन थाले नयाँ बर्ष स्किम, २० लाखसम्म जित्ने अफर

    अटोबजारलाई चलाएमान बनाउन कम्पनीहरुले ल्याउन थाले नयाँ बर्ष स्किम, २० लाखसम्म जित्ने अफर

    4.3K
    SHARES
    अटोबजारलाई चलाएमान बनाउन कम्पनीहरुले ल्याउन थाले नयाँ बर्ष स्किम, २० लाखसम्म जित्ने अफर

    काठमाण्डौ । दशैं तथा तिहारपछि सुस्ताएको अटोमोबाइल्स बजारलाई चलाएमान बनाउन दुई पाँग्रे तथा चारपाग्रे अटो कम्पनीले नयाँ बर्षे स्किम ल्याउन सुरु गरेका छन । २०७९ लाग्नु भन्दै झन्डै एक महिना अघिदेखि अटोकम्पनीहरुले ग्राहकलाई आकर्षण गराउन क्यास डिसकाउन्टदेखि सस्तो दरमा एक्सचेन्ज योजना सार्वजनिक गर्न थालेका हुन ।

    नयाँ बर्षका लागि नेपालका अघिकांश अटोमोबाइलस् कम्पनीले नयाँ बर्ष तथा चाडपर्व अफर ल्याउने गरेका छन । हाल नयाँ बर्ष लाग्न २० दिन बाँकी नै रहदाँ तीन कम्पनीले भने बम्फर अफर ल्याएका छन । जसमा नेपालमा सर्वाधिक विक्री हुने यामाहा, टिभिएस र बेनेलीले क्यास डिसकाउन्ट देखि सस्तो अफरसम्म ल्याएका छन ।

    Yamaha New Year Scheme
    यामाहा
    यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्षको ‘मल्टिप्लाई योर ह्यापीनेस’ अफर सार्वजनिक गरेको छ नयाँ वर्ष २०७९ सालको अवसर ग्राहकले २०७९ लाई १ हजार गुणासम्म रकम जित्न सक्नेछन् ।

    कम्पनीले ल्याएको यो योजनामा ग्राहकले यामाहा कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट ८ हजार ३१६ (२०७९×४) देखि २ लाख ७ हजार ९०० (२०७९×१००) रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २० लाख ७९ हजार रुपैयाँ (२०७९×१०००) जित्न सक्नेछन् । कम्पनीले यो योजना अन्तर्गत शून्य प्रतिशत व्याज, लो डाउनपेमेन्ट जस्ता फाइनान्स सविधासमेत उपलब्ध गराउने जनाएको छ ।

    टिभिएस
    जगदम्बा मोटर्सले टीभीएसको मोटरसाइकल तथा स्कुटरमा नयाँ वर्ष स्कीम सुरु गरेको छ । कम्पनीले नयाँ वर्षलाई केन्द्रमा राखेर ल्याएको स्कीममा ‘आयो, पायो, पर्यो र सोर्यो’गरी चार किसिमबाट जित्न सकिने योजना ल्याएको हो ।

    कम्पनीले सुरु गरेको स्कीममा आयो ट्याग्लाइनमा कम्पनीको सोशल मिडिया पेजमा सहभागी भएर ५० हजारसम्म नगद जित्न सकिने कम्पनीले जनाएको छ । यो स्कीममा मोटरसाइकल किन्ने वा नकिन्ने दुबै सहभागी हुन पाउने छन् ।

    त्यसैगरी पायोमा ग्राहकले मोटरसाइकल नकिन्दै टीभीएस नेपालको वेभसाइट मार्फत न्यू इयर स्कीममा नाम दर्ता गरेर ५० हजारसम्म जित्न सक्नेछन् ।
    साथै, मोटरसाइकल किन्ने ग्राहकले पर्यो योजनामा स्क्र्याचकार्ड मार्फत १ लाखसम्म नगद जित्न सक्नेछन् । सोर्यो योजनामा मोटरसाइकल किनेका वा नकिनेका दुबै ग्राहकलाई समावेस गरिने छ ।

    टीभीएस नेपालको सोसल मिडियामा सहभागीता जनाएको आधारमा ३ जना भाग्यमानीले अपाचे आरआर ३१० जित्न सक्नेछन् । जगदम्बा मोटर्सले महंगीलाई वाई वाई भन्दै मासिक ५ लाख ९९९ रुपैयाँ किस्तामा एक्स्चेन्ज गर्नेहरुलाई मोटरसाइकल उपलब्ध गराउने जनाएको छ ।

    बजाज
    त्यस्तै बजाज मोटरसाइललेपनी पन्च नामक नयाँ बर्ष अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बजाज स्वरुमा बाइक हेरेर एसएमएस मार्फत ५० हजारसम्म जित्ने मौका अफर दिएको छ भने किन्ने बोलमा युनिक कोड माफत एक लाख र किनेपछि अरुलाई रिफर गरि फ्रि सर्भिसिङ जितने अबसर कम्पनीले दिएको छ ।

    त्यस्तै बम्फर अफर तर्फ १० लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

     

    बेनेली

    नयाँ बर्षका लागी बेनेली बाइक तथा स्कुटर खरिद गर्दा सबै भेरियन्टका लागि २५ हजारसम्मको नगद छुटको घोषणा गरेको छ ।

    केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरु विक्री गर्दै आएको छ । हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ सीसीको लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved